नेतान्ह्युको १२ बर्षे सत्ता समाप्त, बेनेट बने नयाँ प्रधानमन्त्री

नेतान्ह्युको १२ बर्षे सत्ता समाप्त, बेनेट बने नयाँ प्रधानमन्त्री

  • सोमवार, जेष्ठ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ जेठ ३१ । ईजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका बेन्जामिन नेतान्ह्यु पदच्युत भएका छन् । उनको सत्ता अन्त्य भएसँगै यामिना पार्टीका नेता नेफ्टाली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन् । आइतबार इजरायली संसद्मा भएको मतदानमा विश्वासको मत प्राप्त गरेपछि उनले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।
योसँगै १२ वर्षदेखि इजरायली सत्तामा रहेका बेन्यामिन नेतान्याहु विपक्षमा पुगेका छन् । नेतान्याहु इजरायलमा सबैभन्दा बढी सरकार चलाउने प्रधानमन्त्री हुन् । उनी ५ पटक इजरायलको प्रधानमन्त्री बने ।
बेनेटले नेतान्याहुलाई एक भोटले हराए । बेनेटको विपक्षी गठबन्धनले ६० भोट प्राप्त गर्दा नेतान्याहुले ५९ सांसदको समर्थन प्राप्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ