भारतमा केही दिनदेखि भारी वर्षा, मुम्बईमा एक भवन भत्कँदा ११ जनाको मृत्यु

भारतमा केही दिनदेखि भारी वर्षा, मुम्बईमा एक भवन भत्कँदा ११ जनाको मृत्यु

  • बिहिबार, जेष्ठ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

२७ जेष्ठ, एजेन्सी । भारतमा केही दिनदेखि भारी वर्षा भईरहेको छ । वर्षाका कारण मुम्बईमा एक भवन भत्कँदा ११ जनाको मृत्यु भएको छ ।

मुम्बईको मलाड क्षेत्रमा रहेको भवन क्षतिग्रस्त हुँदा ७ जना घाइते भएका छन् ।

भत्केको भवनको भग्नावशेषबाट १५ महिलालाई उद्धार गरिएको छ र अरु पनि पुरिएको हुनसक्ने आशंकामा उद्धार कार्य जारी राखिएको छ ।

पुरानो र जीर्ण रहेको भवनमा अधिकांश मजदुरहरु रहने गरेको भारतीय सञ्चामध्यमहरुले जनाएका छन् ।

यसैबीच मुम्बई सरकारले भत्केको भवनको नजिकमा रहेका अन्य भवनका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ ।

भारतमा केही दिनदेखि जारी भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ