चीन र भारतबीच लद्धाखमा पुनः तनाव बढ्ने संकेतः सीमामा चीनको सैन्य अभ्यासपछि भारतले तैनाथ गर्यो राफेल लडाकु विमान

चीन र भारतबीच लद्धाखमा पुनः तनाव बढ्ने संकेतः सीमामा चीनको सैन्य अभ्यासपछि भारतले तैनाथ गर्यो राफेल लडाकु विमान

  • बुधबार, जेष्ठ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

चीन र भारतबीच पटक पटक युद्ध र तनावग्रस्त रहँदै आएको लद्धाखमा पुनः तनाब बढ्ने संकेत देखिएको छ । गत वर्ष जुन २० मा भएको झडपमा २० भारतीय सेना र केही चीनीया सेना मारिएको घटनापछि युद्धउन्मुख भएका दुबै देशले वार्ता मार्फत सेना पछि हटाउने सहमति गरेका थिए ।
तर अब दुबै तर्फबाट तैनाथी बढाउन शुरु भएको छ । हालै चीनले ठूलो स्केलमा हवाई युद्धअभ्यास गरेको भन्दै भारतले फ्रान्सबाट ल्याएको अत्याधुनिक लडाकुविमान राफेल तैनाथ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय उच्च सरकारी सुत्रहरुलाई हवाला दिँदै ईन्डिया टुडेले चीनले पुर्वी लद्धाख नजिक २० अत्याधुनिक लडाकु विमान सहित सैन्य अभ्यास गरेको लेखेको छ ।
अहिले भारतले राफेल सहित अत्याधुनिक लडाकु विमान, चीनीया सैन्य अड्डाहरुको निगरानीका लागि स्याटेलाईटको प्रयोग गरिएको समाचारमा उल्लेख छ ।
चीन र भारतबीच १९६२ मा युद्ध भएयता पटक पटक तनाव बढेपनि औपचारीक युद्ध भएको छैन ।
दुबैदेशबीच करीब ३५ सय किलो मिटर लामो सीमा विवाद रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ