युनाइटेड नेवाःबाट सहयोग

युनाइटेड नेवाःबाट सहयोग

  • मङ्लबार, जेष्ठ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

काठमाडौं । अमेरिकी राज्य टेक्सासको ड्यालस शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले कोभिद संक्रमणबाट ग्रसित विरामीहरूको निःशुल्क उपचारको लागि छत्रपाटी निःशुल्क चिकित्सालयलाई सहयोग स्वरुप रु। १५ लाख ६३ हजार ८७५ तका ९० पैसा प्रदान गरेको छ । हालै एक संक्षिप्त कार्यक्रमकाबिच चिकित्सालयका अध्यक्ष डा। मनोजमान श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरणमा आफ्नो सन्देश दिँदै युनाइटेड नेवाः युएसएका अध्यक्ष महेन्द्र मानन्धरले नेपालका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई युनाइटेड नेवाःबाट सहयोग गर्ने माध्यमका रुपमा छत्रपाटी चिकित्सालयलाई उक्त रकम हस्तान्तरण गरिएको बताउनुभयो । त्यस्तै उपाध्यक्ष शैलेन्द्र मानन्धरले पूर्ण सेवाभावले सञ्चालित चिकित्सालयलाई उक्त रकम हस्तान्तरण गर्न पाउँदा हर्ष लागेको बताउँदै भविष्यमा पनि यस्तो सेवा गर्न प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चन्दा संकलन कार्यमा सहयोग गर्नुहुने संस्थाका सदस्यहरू सचिन्द्र शाक्य, रवि महर्जन, प्रज्वल महर्जन र नरेश महर्जनलाई पनि धन्यवाद दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी