फेसबुकले ट्रम्पमाथिको प्रतिवन्ध अझै एक वर्ष लम्ब्याउने

फेसबुकले ट्रम्पमाथिको प्रतिवन्ध अझै एक वर्ष लम्ब्याउने

  • शनिबार, जेष्ठ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई थप एक वर्ष अझै कायम राख्ने घोषणा गरेको छ ।

फेसबुकले सन् २०२३ को जनवरीसम्म ट्रम्पको खाता निलम्बन गर्ने जनाएको हो ।

फेसबुलकले आफ्नो साइटमा उल्लेख गरिएका नियम तोड्नेमाथि कस्तो कारवाही हुन्छ भन्ने ट्रम्पमाथि कारवाही गरेर पुष्टी गरेको जनाएको छ ।

गत जनवरीमा अमेरिकी संसद भवनमा भएको आक्रमणको भोलिपल्ट फेसबुकले ट्रम्पमाथि निलम्बन गरेको थियो । राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने क्रममा ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा गैरकानुनी रुपमा प्रवेश गरेर सांसदहरुमाथि आक्रमण गरेका थिए ।

सो हिंसात्मक गतिविधिलाई उक्साएको भन्दै फेसबुकले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । फेसबुकले सो नियम तोड्नेमाथि कम्तिमा दुई वर्षको प्रतिबन्ध लगाउने स्पष्ट पारेको छ ।

यता ट्रम्पले आफूमाथि अनावश्यक रुपमा प्रतिबन्ध लगाएको भन्दै फेसबुकको आलोचना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ