एजेन्सी जेठ १९ । मित्र राष्ट्र पाकिस्तानले चीनको सहयोगमा आफ्नै देशमा कोरोना खोप उत्पादन शुरु गरेको छ । भारत पछि पाकिस्तान खोप उत्पादन गर्ने दोस्रो मुलुक बनेको छ । यो भ्याक्सिनको नाम पाक भ्याक राखिएको छ । यसलाई पाकिस्तानी अधिाकरीहरुले एउटा क्रान्ति भनेका छन् ।
NIH facility inaugurated today for the formulation, fill and finish of the CanSino-Bio vaccine. Dr Aamer Ikram and his team have done a great job! This is a milestone in the journey to achieve to self-reliance pic.twitter.com/pNeCTAC1RW
— Faisal Sultan (@fslsltn) June 1, 2021
पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले यो एक खालको क्रान्ति भएको भन्दै चीनीया अधिकारीहरुलाई सहयोगका लागि धन्यवाद दिएका छन् ।
उनले पाकिस्तानी नागरिकहरुमा अझै पनि पश्चिमा देशमा बनेको भन्दा चीनमा बनेको भ्याक्सिन लगाउने ईच्छा बढीरहेको पनि बताए ।
स्वास्थ्य मामिलाका प्रधानमन्त्री ईमरान खानका बिशेष सहायक सल्लाहकार डा. फैसल सुल्तानले कोरोना महामारीका बेला मित्र राष्ट्र चीन सबै भन्दा नजिक आएर सहयोग गरेको भन्दै चीनले कच्चा माल दिदा समेत उत्पादनमा सहज नभएको तर पाकिस्तानी अनुसन्धानकर्ताहरुको मेहेनतले अब सफल भएको र केही दिनमै ठूलो मात्रामा खोप उत्पादन गर्ने जानकारी दिए ।
ईस्लामावाद स्थित नेस्नल ईन्सिटीच्युट अफ् हेल्थ सेन्टरमा यो भ्याक्सिन तयार हुनेछ ।