चीनले अनुमति दियो तीन वटा बच्चा जन्माउन

चीनले अनुमति दियो तीन वटा बच्चा जन्माउन

  • सोमवार, जेष्ठ १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

विश्वकै सबै भन्दा धेरै जनसंख्या रहेको चीनले लामो समयदेखि कायम रहेको परिवार नियोजन नीति परिवर्तन गर्दै अब तीन वटा सम्म बच्चा जन्माउन अनुमति दिएको छ । केही वर्ष अघि सम्म एक जना मात्र सन्तान जन्माउन पाईने चीनमा केही समययता दुई वटा बच्चा जन्माउन खुल्ला गरेको थियो ।

पछिल्लो तथ्याङक अनुसार चीनको कुल जनसंख्या मध्य बृद्धहरुको संख्या बढी पाईए पछि राष्ट्रपति सि जिन पिङले यो नीतिमा सुधार ल्याएका हुन् ।
यसले चीनको जनसंख्या बृद्धि हुनुका साथै युवा र वालवालिकाको संख्या बढ्न सक्ने आकंलन गरिएको छ ।
चीनीया कम्युनिष्ट पार्टीको सोमबार बसेको पोलिटब्युरोको बैठकले तीन वटा बच्चा जन्माउन जोडीहरुलाई प्रोत्साहित गर्ने, राज्यले उचित सहयोग गर्ने पनि निर्णय गरेको चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसले चीनको जनसख्ंयामा सन्तुलन कायम गर्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ