एजेन्सी जेठ १४ । सन् २०२० बाट फैलन थालेको कोरोना महामारी अझै नियन्त्रणमा आएको छेन । चीनको वुहानमा देखा परेको यो भाईरस कहाँबाट फैलियो भन्ने एकीन अझै विश्वले गर्न सकेको छैन ।
तर अमेरीकाले वुहानको ल्याबबाट फैलिएको दाबी गर्दे आए पनि डब्लुएचओले त्यो पुष्टी नभएको अध्ययनपछि बताईसकेको थियो ।
अहिले अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाईडेनले पुनः ९० दिन भित्र कोरोनाको उत्पत्ति सम्बन्धि रिपोर्ट सार्वजनिक गर्न गुप्तचर निकायलाई निर्देशन दिए पछि चीनले कडा प्रतिकृया जनाएको छ ।
चीनीया अधिकारीहरुले वुहानबाट नभई यो भाईरस अमेरीकाबाट फैलिएको दाबी गरेका छन् ।
चीनीया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरीकी राष्ट्रपतिको आदेश हेर्दा अमेरीका सच्चाई र तथ्यको पर्वाह नगरी वैज्ञानिक तरीकाले यसको उत्पत्तिको बारेमा पत्ता लगाउनेमा भन्दा पनि गलत ईरादा रहेको उल्लेख गरे ।
उनले अमेरीकाले डेट्रिक फोर्ट सैन्य अखडा सहित सबै जैविक प्रयोगशाला परीक्षणका लागि खुल्ला गर्नु पर्ने माग गरे ।
अमेरीकामा करीब २ सय प्रयोगशाला रहस्यमय रहेको बताईने गरेको छ ।