चीनबाट श्रीलङ्कालाई दोस्रो चरणको खोप प्राप्त

चीनबाट श्रीलङ्कालाई दोस्रो चरणको खोप प्राप्त

  • बुधबार, जेष्ठ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

शक्तिशाली मुलुक चीनले आफ्नो छिमेकी मुलुक श्रीलङ्कालाई कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो चरणको खोप पनि उपलब्ध गराएको छ ।

चीन सरकारले दिएको दोस्रो चरणको खोप बुधबार स्वदेश आइपुगेको श्रीलङ्काका अधिकारीले जानकारी दिएका छन् ।

कोरोनाभाइरस विरुद्ध प्रयोग हुँदै आएको सिनोफर्मा खोप दोस्रो चरण अन्तर्गत पाँच लाख मात्रा चीनले श्रीलङ्कालाई उपलब्ध गराएको हो ।

कोरोनाभाइरसको महामारी फैलिइरहेको श्रीलङ्कामा खोपको अभाव भइरहेका बेला चीनले दोस्रो पटक पनि खोप उपलब्ध गराएपछि ठूलो राहत महसुस भएको अधिकारीले जनाएका छन् ।

चीनले दोस्रो पटक उपलब्ध गराएको पाँच लाख खोप बुधबार विहानै हामीले प्राप्त गरेका छौँ, श्रीलङ्काली एक अधिकारीले भने ।

चीनले यसअघि पहिलो चरण अन्तर्गत श्रीलङ्कालाई गत मार्चमा छ लाख मात्रा खोप उपलब्ध गराएको थियो ।

भारतमा कोरोनाभाइरसको महामारी फैलिएको र भारतले अन्य देशलाई खोप उपलब्ध गराउन नसकेकाले श्रीलङ्कालगायतका धेरै देश मर्कामा परेका छन् ।

खोपका लागि श्रीलङ्काले अहिले पश्चिमी प्रान्तलाई प्राथमिकतामा राखेको पाइएको छ । राजधानी कोलम्बोसहित क्षेत्र प्राथमिकताको सूचीमा परेका हुन् ।

यी क्षेत्रमा मात्रै कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै भएकाले खोप लगाउन पनि तीनै क्षेत्रलाई प्राथमिकतामा पारिएको अधिकारीले जनाएका छन् ।

श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसबाट एक लाख ६७ हजार १७२ जना सङ्क्रमित भएको तथ्याङ्क रहेको छ । त्यसैगरी अरु एक हजार २४३ जनाको कोरोनाकै कारणले मृत्यु भएको सरकारी निकायले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ