गैर आवासीय नेपाली संघ एनआरएनएको यही मे २९ र ३० मा हुन लागेको निर्वाचनमा एनआरएनएका सल्लाहकार रहनु भएका सञ्जय थापाले आईसीसी सदस्यका लागि उम्मेद्धारी दिनु भएको छ ।
अमेरीकामा रहेका नेपालीहरुलाई रोजगारी व्यवस्थापन देखि विभिन्न क्षेत्रमा सहयोग पुर्याउदै आउनु भएका थापाले नेपालमा पनि कसरी सहयोग पुर्याउन सकिन्छ भनेर प्रयास गर्दै आउनु भएको छ ।
अमेरीकामा करीब २० हजारको संख्यामा रहेका नेपालीहरुले यो निर्वाचनमा मत व्यक्त गर्न पाउछन् । थापाका सहयोगीहरुले आउने निर्वाचनमा उनले जीत्ने निश्चित भएको दाबी गरेका छन् ।
थापाले समयको व्यवस्थापन र विभिन्न समस्याले सबै नेपाली मतदाताहरुसमक्ष प्रत्यक्ष भेटघाट हुन नसके पनि विभिन्न माध्यमबाट सम्पर्क भईरहेको र आफूलाई मत दिने विस्वास व्यक्त गर्नु भएको छ ।
अरु बेलामा जिम्मेवारी निर्वाह गरे जस्तै यो पटक पनि आफू बिजयी भएमा सबै नेपालीको साथमा रहेर काम गर्ने प्रतिवद्धता पनि थापाले गर्नु भएको छ ।