अमेरिकी सैन्य रणनीतिज्ञहरुले सन् १९५८ मा ताईवानको सुरक्षाका नाममा चीनमाथि परमाणु बम हान्न जोड दिएको खुलासा भएको छ ।
पूर्व अमेरीकी सैन्य विष्लेषक डेनियल एल्सबर्गले गोप्य दस्तावेजको केही हिस्सा अनलाईन पोष्ट गर्दै यस्तो दाबी गरेका हुन् ।
त्यतिखेर सैन्य रणनीतिकारहरुले त्यस समयमा सोभियतसँग सँग ठूलो मात्रामा परमाणु हतियार रहेको र चीनलाई सहयोग गर्न सक्ने भएकाले ठूलो संख्यामा मानिसको ज्यान जान सक्ने अनुमान पनि गरेका थिए ।
न्युयोर्क टाईम्समा प्रकाशित उक्त रिपोर्ट अनुसार ताईवानको सुरक्षाका लागि अमेरीका त्यो मुल्य समेत चुकाउन तयार थियो भनिएको छ । एल्सवर्ग सन् १९७१ मा चर्चामा आएका थिए । त्यतिखेर पेन्टागन पेपर्सका नामबाट चर्चित भियतनाम युद्धसँग सम्बन्धि रिपोर्ट छापिँदा उनी चर्चामा आएका थिए ।
अहिले ताईवानको विषयलाई लिएर अमेरीका र चीनबीच तनाव बढेका बेला यो सनसनीपूर्ण रिपोर्ट सार्वजनिक भएको हो । त्यतिखेर अमेरीकाले शुरुमा चीनको हवाई अखडाहरुमा परमाणु बम हान्ने सोच बनाएको थियो ।