महासचिव कमरेड विप्लवलाई सात समुन्द्र पारिवाट कमरेड बेद बोहराको पत्र

महासचिव कमरेड विप्लवलाई सात समुन्द्र पारिवाट कमरेड बेद बोहराको पत्र

  • सोमवार, जेष्ठ १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 31.6K
    SHARES

आदरणीय महासचिव कमरेड, सर्वप्रथम क्षितिजपारिको आकाशमुनिबाट यो श्रमिक युवाको तर्फबाट क्रान्तिकारी जोशिलो रातो सलाम टक्र्याउन चाहन्छु । हाम्रो देश नेपालको सामाजिक, आर्थिक, राजनीतिक भौगोलिक परिवेश, नेपाली जनताको खस्कंदो जीवनस्तर तथा नेपाली कम्युनिस्ट आन्दोलनमा दिनानुदिन हाबी भएको प्रतिगमनबाट म जस्ता कैयौं क्रान्तिकारी युवालाई चिन्तित र निराश बनाएको जगजाहेर गराउन चाहन्छु। हुन त म परिवार पाल्नकै निम्ति विदेशीको गुलामी गर्न मरुभूमि आइपुगेको मान्छे यति धेरै चिन्ता नगरेको भएपनि हुन्थ्यो तर हुन्थ्यो भनेर मात्र नहुंँदोरहेछ । यो मनले नमान्दोरहेछ त्यसैले यहि इन्टरनेटको माध्यमबाट अादरणिय महासचिव क. विप्लव तपाई एउटा महान् क्रान्तिकारी योद्वा हुनुको नाताले यहाँलाई केही कुरा भन्न र लेख्न मन लाग्यो र त्यसलाई खुल्ला रुपमा सम्प्रेषण गर्न चाहे। मैले भनिरहनुभन्दा पनि तपाईंले महसुस गरिरहनुभएकै कुरा हो आज हाम्रो देश नेपाली जनताका हक अधिकारहरुलाई केही मुठ्ठीभरका मान्छेहरुले तानाशाही रुपबाट कब्जामा लिएर शासन गर्न सुरु गरिरहेका छन् । अादरणिय महासचिव क. विप्लव नेपाली राजनीतिक वृतमा तपाईंको प्रत्येक नागरिकहरु आज तपाई र तपाईको पार्टी नेकपा सम्बन्धमा चर्चा परिचर्चा गरिरहेका छन् । हरेक कोणवाट विश्लेषण र समीक्षा गर्न थालेका छन् । नेपाली राजनीतिमा यहाँको उपस्थितिले नयाँ तरङ्ग ल्याईदिएको कुरा देश दुनियाँलाई विदितै छ । अझ यहाँ त एकीकृत जनक्रन्ती मार्फत बैज्ञानिक समाजवाद २१अोैँ शताब्दीको नयाँ कोर्ष प्रसंग उठाउदा अाम जनमानसमा बहसको विषय सिर्जना भएको छ। जाली ,फटाहा ,तस्कर ,माफिया ,भ्रष्ट ,दलालहरुको सात्तो पुत्लो गएको छ । त्यस्तै आफूलाई यो देशको मालिक ठान्ने प्रतिगामी तत्व तथा देशीविदेशी साम्राज्यवाद र विस्तारवादका पृष्ठपोषक शक्ति केन्द्रमा पनि अनौठो तरङ्ग पैदा गरेको छ भने आम नागरिकमा एउटा आशाको सन्देश प्रवाह गरेको छ । यहाँको राजनीतिक व्यक्तित्व वारेमा केही कुरा दश वर्षो महान् जनयुद्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने तपाईको सादगी जीवन एवम् सच्चा क्रान्तिकारी व्यवहारवारे दुनियाँलाई जानकारी छ ।पहिला देखिनै यहाँले आफूलाई सच्चा क्रान्तिकारी नेताको रुपमा स्थापित गराउनु भएको कुरा समेत कसै सामू छिपेको छैन । पछिल्लो चरणमा देश गम्भीर राजनितीक संकटमा गुज्रीरहेको अबस्थामा तीन करोड नेपाल जनताको मन,मुटु, मस्तिष्कमा अाशा र भरोसाको केन्द्रमा रहनु भएको छ महासचिव क.( विप्लव)जुन समय को माग पनि हो !देश इतिहासकै गम्भीर मोडमा आइपुगेको अवस्थामा स्वतन्त्र सार्वभौम अखण्ड स्वाधीन राष्ट्र राष्ट्रियता र हाम्रो स्वाभिमानको रक्षा गर्न। महासचिव आदरणीय नेत्रविक्रम चन्द क.( विप्लव) को आगमन एकदमै सान्दर्भिक र महत्त्वपूर्ण छ। देशको समसामयिक परिवेशमा परिस्थितिको उपज पनि हो। यो दिन नेपाली राजनीतिक इतिहासकै एक सुनौलो स्वर्णिम ऐतिहासिक महत्त्व बोकेको नयाँ अध्याय हो। नेपाली राजनीतिक घटनाक्रम र परिधिभित्रको परिवेश ले खोजेको युगान्तकारी क्षण हो। युवा नेतृत्व को युवा राजनीतिमा विप्लव समयको माग हो। राष्ट्रघाती, देशद्रोही ,दलाल, पुजीवादी,विकृत संसदीय ब्यबस्थाका भ्रष्ट मतियारहरुको फेरि निदहराम भएको छ । धड्कन बढेको छ, तसर्थ: राष्ट्रिय स्वाधीनताको लागि जनताको जनमत जनभावना र जनबोलीको उच्च सम्मान गर्दै जनताको माझमा जनता संगसंगै हातेमालो गर्दै जनताका जनआवाज बुलन्द पार्दै राष्ट्रहित जनहितको लागि नयाँ क्रान्तिकारी परिवर्तनकारी राजनीतिक कार्यदिशाको एजेन्डा लिएर अगाडी बढनु हुनेछ भन्ने अपेक्षा गर्दछौं हामी आम मुक्तिकामी नेपाली युवा । शान्तिपूर्ण राजनीतिक कार्यदिशाको जनलहरमा नेपाली जनताको साथ अवस्य रहिरहनेछ भन्ने बिश्वास गर्दै नेपाली राजनीतिको नयाँ अध्याय शुरुवात भएको छ।जनवादी धारको नेतृत्व यहाँले नै गर्नुभएको थियो भन्ने कुरा पछिल्लो दिनमा यहाँले नेकपा कम्युनिस्ट पार्टी गठन गरेवाट प्रष्ट भएको थियो । बारम्वार पार्टीे क्रान्तिकारी धार जोगाउन यहाँले गरेका हर पहलहरु समेत आम नागरिकहरुले बुझेका थिए । एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद एउटा नयाँ अध्यायमा देश रुपान्तरण र परिवर्तनको लागि सम्पुर्ण देशभक्त ,राष्ट्रवादी ,वामपन्थी ,क्रान्तिकारी तथा प्रगतिशिल समूदाय हातमा हात र काँधमा काँध मिलाएर अगाडि बढ्नुको दोश्रो विकल्प छैन । एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादको स्पष्टरुपमा जनमानसमा छर्लङ्ग हुनेगरि जनतालाई बुझाउन अपरिहार्य भैसकेको छ । आजको दिनसम्म नेपाली नागरिकले नागरिक राज्यको आभाष गर्न पाएका छैनन् । राणाकाल ,पञ्चकाल र बहूदलकाल आदिले नेपाली नागरिकलाई पीडा शिवाय अरु केही राहत दिन सकेको छैन । नेपाली नागरिकहरु सधैँ विभिन्न समस्या तथा पीडामा परिरहेका छन् भनेको बेला न्याय पाइरहेका छैनन् सुरक्षा पाइरहेका छैनन् । यस्तै व्यापक भ्रष्टाचार ,अनियमितता लगायतका गतिविधिहरु बढ्दै छन् । तसर्थ: अब प्रत्येक नागरिक एकजुट भई एकीकृत जनक्रान्तीबाट बैज्ञानिक समाजवाद स्थापना गर्न ढिला भई सकेको छ । यसका लागि आम नागरिकलाई जगाउँदै यहाँले आवश्यक निर्णय लिनु हुनेछ भन्ने कुरामा आम नेपाली नागरिक आशावादी छन् । अन्त्यमा ,कमरेड पार्टी लाई क्रान्तिकारी , एकिकृत र केन्द्रीकृत गरि, पार्टी भित्र मौलाउन थालेको चाकडी र अराजकता रूपान्तरण गर्दै जनतामा पार्टि र कार्यकर्ता लाई सर्वस्विकार्य बनाउदै , शुभचिन्तक तथा शुभेच्छुक हरूनै भाँड्ने प्रबृत्ती हावी भएकोले यो सबै गर्नको लागि पार्टी शुद्धीकरण तर्फ पनि विशेष ध्यान दिइयोस् भन्दै मेरो यो सानो अनुरोधरुपि पत्रलाई यहि अन्त्य गर्दछु । क्रान्तिकारी अभिवादन सहित ।

– बेद बोहरा नेपाली जनप्रगतिशिल मोर्चा कतार( वरिष्ठ उपाध्यक्ष तथा मध्यपूर्ब मोर्चा अध्यक्ष !)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी