जनता बचाउन आफ्नो पशिनाको मुल्यबाट श्रमिकले पठाए अक्सिजन सिलिण्डर

जनता बचाउन आफ्नो पशिनाको मुल्यबाट श्रमिकले पठाए अक्सिजन सिलिण्डर

  • आइतवार, जेष्ठ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

जेष्ठ २ काठमाडौँ । आफ्नो देशमा अक्सिजन नपाएर जनताको मृत्यु भएको देखेर पीडा महसुस गरेका खाडीमा रहेका श्रमिक नेपालीहरुले आफ्नो पशिनाको मुल्यबाट ५६० थान अक्सिजन सिलिण्डर पठाएका छन् ।
आफै पीडा र दुखमा रहेका श्रमिकहरुले सामुहिक रुपमा गरेको यो प्रयासलाई धेरै तिरबाट प्रशंसा गरिएको छ । गैर आवासीय नेपाली संघको पहलमा नेपालीहरुले सहयोग जुटाएर ओमनबाट अक्सिजन सिलिण्डर पठाएका हुन् ।
सिलिन्डरको मूल्य ६३ हजार ७ सय डलर पर्थ्यो । भारतले पनि खाडीका कम्पनीबाट धमाधम सिलिन्डर उठाइरहेका बेला ओमानमा मौज्दात सिलिन्डरलाई जोगाइराख्न चुनौती थियो । यसैलाई ध्यान दिएर अहोरात्र खटिएर श्रमिकहरुले यो प्रशंसायोग्य पहल गरेका छन् । ‘
एनआरएनएका सचिव आरके शर्माका अनुसार खाडीमा कार्यरत नेपाली श्रमिक, व्यवसायी र संघसंस्थाले चार दिनमै उत्साहजनक सहभागिता जनाए । शनिबार साँझसम्म एक करोड ८ लाख रुपैयाँ संकलन भएको छ । जसमध्ये कतारमा ३५ लाख, बहराइनमा २० लाख, ओमानमा १५ लाख, संयुक्त अरब इमिरेट्समा १५ लाख, साउदी अरबमा १३ लाख र कुवेतबाट १० लाख भयो । ‘सिलिन्डरबाहेक थप स्वास्थ्य सामग्री दिन पनि अहिलेलाई आर्थिक अभियान जारी राखेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी