प्यालेष्टाईनी मुसलमानमाथि ईजरायलले गरीरहेको हिंशाप्रति चिन्ता नगरेको भन्दै अमेरीकाको चीनद्धारा बिरोध

प्यालेष्टाईनी मुसलमानमाथि ईजरायलले गरीरहेको हिंशाप्रति चिन्ता नगरेको भन्दै अमेरीकाको चीनद्धारा बिरोध

  • शनिबार, जेष्ठ १, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

एजेन्सी जेष्ठ १ । चीनले मानवअधिकारको रक्षक र मुसलमानको शुभचिन्तक बताउने अमेरीकाले प्यालेष्टाईनी मुसलमानमाथि ईजरायली आक्रमणमा मारिरहेका प्यालेष्टाईनी मुसलमानप्रति आँखा चिम्लिएको भन्दै आपत्ति जनाएको छ ।
प्यालेष्टाईनीहरुलाई कस्तो युद्ध र आपतको स्थितिमा पुर्याईएको छ त्यो अमेरीकाले नखेखेको भन्दै चीनले चिन्ता जनाएको हो ।
सिन्जियाङको उईगुर मुसलमानको चिन्ता गर्ने अमेरीकाले प्यालेष्टाईनी मुसलमानलाई किन देख्दैन ? चीनले भनेको छ ।
चीनीया विदेश मन्त्रालयका प्रवक्ता हुवा चनयिङले सुरक्षा परिषद्को १४ मे मा बोलाईएको बैठक अमेरीकाकै कारण १६ मे मा धकेलिएको बताईन् ।
सुरक्षापरिषद्को बैठक अझै टार्नु भनेको प्यालेष्टाईनी मु्सलमान समुदायलाई थप संकटमा धकेल्नु हुने उनको तर्क छ ।
ईजरायल प्यालेष्टाईनबीचको संघर्षलाई चीनले गंभीरताका साथ लिएको उनले बताईन् ।
ईजरायली आक्रमणप्रति राष्ट्र संघलाई वक्तव्य जारी गर्नबाट समेत रोकेको भन्दै अमेरीका पुनः अन्तराष्ट्यि समुदायको भावना विपरीत खडा भएको चीनले जनाएको छ ।
गाजामा मात्रै ईजरायलले अन्धाधुन्ध बमबारी गर्दा १३२ प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । जसमा ३२ जना बच्चाहरु र २१ महिला रहेका छन् ।
ईजरायलले हवाई हमला गर्दै स्थल आक्रमण पनि शुरु गरेको छ । गाजा, वेष्ट बैंक लगायतका अन्य क्षेत्रमा समेत हिंशा फैलिएको छ । टर्की, साउदी अरब लगायतका मुस्लिम देशहरुले आपत्ति जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ