अमेरीकामा गोलीबारीमा एक नेपालीको मृत्यु 

अमेरीकामा गोलीबारीमा एक नेपालीको मृत्यु 

  • सोमवार, बैशाख २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

बैशाख २७ एजेन्सी । अमेरीकामा दिन दिनै बढेको गोली बारीमा नेपाली पनि असुरक्षित बन्दै गएका छन् ।
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्द गोली प्रहारमा परी एक नेपाली सहित चार जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा संखुवासभा खादवारीका सागर घिमिरेको ज्यान गएको बताईएको छ ।
अध्ययनको सिलसिलामा अमेरिका आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए । घिमिरे केही समय पछि नेपाल फर्कने तयारीमा समेत थिए ।

उनी विश्वविद्यालयले विभिन्न विधामा दिने स्वर्णपदक विजेता विद्यार्धी समेत हुन् । उनी छात्रवृत्तिमा अध्ययनको लागि अमेरिका आएका थिए ।

उनको हत्याको बारेमा बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डले घटनाको १० मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा ५६ वर्षीय एभर्टनले अन्धाधुन्द गोली चलाउदा नेपाली सहित चार जनाको ज्यान गएको हो ।

घिमिरेसँगै सर्लाही स्थायी घर भएका श्याम अधिकारीलाई पनि गोली लागेको थियो ।
उक्त घटनाको नेपाली दूतावासले खेद प्रकट गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी