नयाँ भेरिएन्ट फैलिएको भन्दै बेलायतले नेपाललाई ‘रेडजोन’मा राख्यो, मे १७ देखि यात्रा प्रतिबन्ध

नयाँ भेरिएन्ट फैलिएको भन्दै बेलायतले नेपाललाई ‘रेडजोन’मा राख्यो, मे १७ देखि यात्रा प्रतिबन्ध

  • आइतवार, बैशाख २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

२६ बैशाख, काठमाडौं । कोरोना संक्रमण तिब्र बनेपछि बेलायतले नेपाललाई ‘रेडजोन’ मा राखेको छ । कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको भन्दै बेलायतले नेपाललाइ ‘रेडजोन’मा राखेर नेपालबाट हुने सम्पूर्ण यात्रालाई आगामी सातादेखि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि लागु हुनेछ ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपल लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपाल, टर्की र माल्दिभ्सलाई रेडजोनमा राखिएको घोषणा गर्नुभयो ।

यात्रा प्रतिवन्ध बेलायती नागरिक बाहेक अन्य मुलुकका नागरिकमा लागू हुने जनाइएको छ ।

रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले चाहिँ सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।

यातायात मन्त्रालयले जारी गरेको ट्राभल नियममा हरियो सूचीमा परेका देशका नागरिकले आफ्नो देशमा फर्कँदा क्वारेन्टिनमा बस्नु नपर्ने प्रावधान राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ