म्यानमारबारे गलत समाचार फैलाइएको आरोपमा जापानी पत्रकार किताजुमी बिरुद्द मु्द्दा

म्यानमारबारे गलत समाचार फैलाइएको आरोपमा जापानी पत्रकार किताजुमी बिरुद्द मु्द्दा

  • मङ्लबार, बैशाख २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी, जापान । पक्राऊ परेका जापानी पत्रकारलाई म्यानमारको सैनिक सरकारले नक्कली समाचार फैलाएको आरोपमा मुद्दा चलाएको छ ।

म्यानमारको जापानी दूतावासका अनुसार जापानी पत्रकारलाई सोमबार नक्कली समाचार फैलाएको आरोप लगाइएको थियो । किताजुमी युकीलाई गत महिना म्यानमारको सेनाले पक्राउ गरेको थियो ।

दूतावासका अधिकारीहरूले भनेको छ किताजुमीलाई नागरिकहरूमा चिन्ता बढाउने र गलत सूचना फैलाएको आरोप लगाइएको छ।

किताजुमीलाई अप्रिल १८ मा सुरक्षा बलले यांगुनको उनको घरबाट लगेका थिए । उनलाई शहरको एउटा जेलमा राखिएको छ।

अब उनी आफुमाथी लागेको मुद्दा बिरुद्ध खडा हुने अपेक्षा गरिएको छ र चिन्ता व्यक्त गरिएको छ कि उनको नजरबन्द लामो हुन सक्छ ।

जापानी दूतावासका अधिकारीहरूले म्यानमारका अधिकारीहरूलाई उनलाई रिहा गर्न अनुरोध गर्दै अदालतको कामकाजमा सहयोग पुर्‍याउने बताएका छन् ।

अधिकारीहरूले दूतावासलाई सोमबार किताजुमीले कुनै पनि स्वास्थ्य समस्या नरहेको जानकारी गराएका छन् । तर किताजुमीलाई व्यक्तिगत रूपमा भेट गर्नलाई कसैलाईपनि अनुमति दिइएको छैन ।

किताजुमीले जापानका मिडिया आउटलेटका लागि म्यानमारमा भइरहेको सैनिक सरकार विरोधी प्रदर्शनलाई समेटेर समाचार पठाउँदै आएका थिए । उनले सामाजिक मिडियामा लेख र भिडियो समेत पोष्ट गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ