जनप्रगतिशील मोर्चा अमेरीकाको प्रथम अधिवेशन आयोजक समिति गठन

जनप्रगतिशील मोर्चा अमेरीकाको प्रथम अधिवेशन आयोजक समिति गठन

  • शुक्रबार, बैशाख १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

बैशाख १७ एजेन्सी । नेपाली जनप्रगतिशील मोर्चा, अमेरिकाले प्रथम अधिवेशन आयोजक समिती गठन गरेको छ । यही २६ अप्रिल २०२१ बुधवारका दिन सम्पन्न भएको मोर्चाको बिस्तारित बैठकले दश सदस्यीय प्रथम अधिवेशन आयोजक समिती गठन गरेको हो ।

मोर्चाका अध्यक्ष विश्व बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका महासचिव तथा यूरोप मोर्चाका सदस्य प्रदीप अधिकारी अतिथी रहेका थिए ।

महान शहिदहरु प्रति सम्मान ब्यक्त गर्दै एक मिनेट मौनधारण गरि बैठकको प्रारम्भ गरिएको थियो । मोर्चाको बैठकले नेपालमा दलाल तथा संसदीय ब्यबस्था पूर्णरुपमा असफल भएकोले नेपाली जनताको स्वतन्त्रता र संवृद्धिको लागि वैज्ञानिक समाजवादी ब्यबस्था अपरिहार्य भएको ठहर गरेको छ । यो ब्यबस्थाको असफलताको कारणले नै लाखौं नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु प्रवासिन बाध्य भएका छन् । यहि क्रममा अमेरिका आइपुगेका नेपालीहरुमाथि निरन्तर भौतिक हमलाहरु भइरहेका छन् । यसरी नष्लवाद वा अन्य कुनै कारणवाट प्रभावित भएर नेपालीहरुमाथि भएको भौतिक हमलाको बैठकले भ्रत्र्सना समेत गरेको छ ।

बैठकका अतिथी प्रदिप अधिकारीले नेपालको राजनीतिक अवस्था, प्रवासमा हामीले खेल्नु पर्ने भूमिका तथा आजको सामाजिक संरचनामा विकास गर्नु पर्ने राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनाको विकास, अमेरिकामा मोर्चाको आवश्यकता र त्यसले खेल्नु पर्ने भूमिकाको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

विश्व बहादुर शाहको संयोजकत्वमा गठित समितिमा सचिव दिपक लामिछाने सदस्यहरु दर्शना नेपाली, पंकज कट्टेल, कृष्णध्वज थापा, अर्जुन नेपाल, नविन चौलागाईं, रामचन्द्र पहारी, खगेश्वर काप्री र अशिम घिमिरे रहेका छन । दिपक लामिछानेले संचालन गरेको बैठ्कले कार्यसमितिको तत्काल बैठक बसी अधिवेशनको मिती तय गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी