बैशाख ११ एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाले विकराल रुप लिँदै गएको छ । दिनहुँ संक्रमित निरन्तर बढीरहेका छन् भने मृत्युदर पनि बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ४६ हजार संक्रमित फेला परेका छन् भने २६ सय बढीको मृत्यु भएको छ ।
लगातार कोरोना बढेसँगै भारतमा अहिले दिल्ली लगायतका ठूला शहरका अस्पतालमा अक्सिजनको कमीले संक्रमितहरुको ज्यान जाने क्रम बढेको छ ।
आज मात्रै जयपुर गोल्डन अस्पतालमा अक्सिजन सकिए पछि सास फेर्न गाह्रो परिरहेका २० संक्रमितको एकै दिन मृत्यु भएको छ । अन्य अस्पतालहरुमा पनि अक्सिजन अभाव ठूलो मात्रामा देखा परिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline