भारतमा कोरोनाले उग्र रुप लिँदै एकै दिन तीन लाख संक्रमित, २ हजार बढीको मृत्यु

भारतमा कोरोनाले उग्र रुप लिँदै एकै दिन तीन लाख संक्रमित, २ हजार बढीको मृत्यु

  • बुधबार, बैशाख ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

बैशाख ८ एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाले उग्र रुप लिँदै गएको छ । पछिल्लो पटक एकै दिन तीन लाख संक्रमित फेला परेका छन् भने २ हजार भन्दा बढीको मृत्यु भएको छ । मंगलबार २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।
भारतमा लगातार सातौ दिनसम्म दैनिक २ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको तथ्याकं छ ।
कोरोनाबाट अहिलेसम्म १ लाख ८२ हजार ५५३ जनामको मृत्यु भइसकेको छ, भने १ करोड ५६ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले अस्पतालहरुमा बेड र अक्सिजनको अभाव भएको छ भने थुप्रै संक्रमितको उपचार नपाएर ज्यान जान थालेको छ ।
भारतमा कोरोना बढे पछि बेलायत लगायतका कतिपय मुलुकले भारतीय नागरिकलाई प्रवेशमा रोक लगाएका छन् भने अमेरीका लगायतका मुलुकले भारत भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई अपील गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ