युद्ध क्षेत्रमा सेनाको हौसला बढाउन पुगेका चाडका राष्ट्रपतिको गोली लागेर मृत्यु

युद्ध क्षेत्रमा सेनाको हौसला बढाउन पुगेका चाडका राष्ट्रपतिको गोली लागेर मृत्यु

  • बुधबार, बैशाख ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

बैशाख ८ एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी विद्रोहीसंगको भिडन्तमा मारिएका छन् ।

लिवियासँगको सीमा जोडिएको उत्तरी क्षेत्रमा सेना र विद्रोहीबीच भएको भिडन्तमा राष्ट्रपति डेबी मारिएका हुन् ।

राष्ट्रपतिको निधनसंगै सरकार र संसद विघटन गरिएको छ । सैन्य परिषद्ले आगामी १८ महिनासम्म मुलुकको नेतृत्व गर्ने जनाइएको छ । राष्ट्रपति डेबी गत सप्ताहन्त लिवियासंगको सीमा नजिकको क्षेत्रमा सेनाले विद्रोहीसंग संघर्ष गरिरहेको बेसमा पुगेका थिए ।

सोही समयमा बोर्डर पोष्टमा विद्रोहीले आक्रमण गरेका थिए । शनिवारबाट शुरु भएको भिडन्तमा ३ सय जना विद्रोही र १ सय ५० जना पक्राउ परेका छन् ।

सेनाका जर्नेलले भिडन्तमा पाँच जना सेनाको मृत्यु र ३६ जना घाईते भएको बताएका छन् ।

अप्रिल ११ मा भएको प्रान्तिय निर्वाचनमा डेबीले ८० प्रतिशत मत हासिल गर्दै छैटौ कार्यकालका लागि पनि निर्वाचित हुने प्रक्षेपण गरिएको थियो । अफ्रिकामा सबैभन्दा लामो समय सत्तामा रहेका डेबी सन् १९९० मा सत्तामा आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ