इजिप्टको क्वालेबिया प्रान्तमा रेल दुर्घटना हुँदा ११ को मृत्यु, ९८ जना घाइते

इजिप्टको क्वालेबिया प्रान्तमा रेल दुर्घटना हुँदा ११ को मृत्यु, ९८ जना घाइते

  • सोमवार, बैशाख ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

६ बैशाख, एजेन्सी । इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको क्वालेबिया प्रान्तमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९८ जना घाइते भएका छन् ।

कायरोबाट नाइल डेल्टा शहरका लागि छुटेको रेल अनियन्त्रित भई लिक बाहिर जाँदा दुर्घटनामा परेको हो । चारवटा डिब्बा भएको रेल दुर्घटना हुँदा अधिकांश यात्रुहरु उछिट्टिएर घाइते भएका अन्तराष्ट्यि सँचार माध्यमले जनाएका छन् ।

इजिप्टमा प्रयाजसो रेल दुर्घटनाका घटना हुनेगरेका छन् । सन् २००१ मा भएको रेल दुर्घटनामा ३ सय ७० जनाको मृत्यु भएको थियो । यस्तै गत मार्च महिनामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ