पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ: राजदूत भाने

पर्यटनको माध्यमबाट नेपाल–डेनमार्क सम्बन्धलाई विस्तार गर्न सकिन्छ: राजदूत भाने

  • शनिबार, बैशाख ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ, ४ वैशाख । नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताउनुभएको छ । आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नेपाल आउनुभएका राजदूत भानेले आज स्वदेश फर्कनुअघि रासससँग संक्षिप्त कुराकानी गर्दै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई ठूलो सङ्ख्यामा यहाँका वासिन्दाको जीविकोपार्जनमा समेत नकारात्मक असर गरेकाले यसमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफूले पहल गर्ने उल्लेख गर्नुभयो ।

जलवायु परिवर्तनको असर विश्वव्यापीरुपमै बढ्दै गएको र हिन्दूकुश हिमालय क्षेत्रमा अझ बढी जटिलरुपीमा देखिएकाले यस क्षेत्रका राष्ट्रहरुबीच सामूहिक प्रयासको खाँचो रहेको बताउनुभयो । पर्यटकप्रति नेपाली जनताले देखाउने आतिथ्यता र आत्मियता निकै लोभलाग्दो रहेको बताउँदै राजदूत भानेले नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र यहाँको जीवनशैली निकै आकर्षक रहेकाले पर्यटनबाटै नेपालले आर्थिक विकासमा फड्को मार्न सक्ने धारणा राख्नुभयो ।

हिमाल आरोहरणमा जाने पर्यटक तथा पथप्रदर्शकको सुरक्षामा सरकारी निकाय तथा हिमालयन उद्धार सङ्घलगायतका संस्थाहरुको भूमिका निकै प्रशंसनीय रहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘आगामी दिनमा बढीभन्दा बढी डेनिस नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गराउन मेरो प्रयास रहने छ ।’’ पहिलोपटक आफ्नो छोटो नेपाल भ्रमणका क्रममा काठमाडौँका स्वयम्भू, बौद्धनाथ र बसन्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमणबाट निकै प्रभावित भएको र छिटै सपरिवार आई नेपालको भ्रमण गर्ने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणको पहिलो चरणमा नेपाल भ्रमणमा आएका टेनमार्कका पर्यटन र यहाँ वसोवास गरेका डेनिस नागरिकको स्वास्थ्य सुरक्षामा नेपाल सरकारले गरेको कार्य निकै प्रशंसनीय रहेको बताउनुभयो । उहाँले डेनमार्कमा रहेका नेपाली नागरिकको सुरक्षामा पनि डेनिस सरकारले उच्च सर्तकता अपनाएको पनि उल्लेख गर्नुभयो ।

दुई देशबीच लामो घनिष्ट सम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने बताउँदै लोकतन्त्र र मानवअधिकारको पक्षमा डेनमार्कको नेपाल सरकारलाई निरन्तर सहयोग रहनेछ भन्नुभयो । आफूले हिजो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा भएको भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीका विचारप्रति आफू निकै प्रभावित भएको पनि उहाँले बताउनुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको कुराकानीमा पनि दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्दै लैजाने विषयमा छलफल भएको बताउनुभयो ।

नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेलले दुई देशबीचको सम्बन्धलाई पर्यटनको माध्यमबाट अझ प्रगाढ बनाउनु र दुई देशका नागरिकस्तरको सम्बन्धलाई फराकिलो गराउनु आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी