रुसद्धारा १० अमेरीकी कुटनीतिज्ञमाथि प्रतिवन्ध

रुसद्धारा १० अमेरीकी कुटनीतिज्ञमाथि प्रतिवन्ध

  • शनिबार, बैशाख ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

बैशाख ४ एजेन्सी । रुसले १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धको जवाफमा सो कदम चालेको रुसले जनाएको छ ।

रुसी विदेशमन्त्री सेर्गो लाभ्रोभले मस्कोमा रहेका अमेरिकी कुटनीतिक अधिकारीहरुलाई प्रतिबन्ध लगाइएको बताएका हुन् । यस्तै अमेरिकी गैर सरकारी संस्थाहरुका गतिविधिलाई रुसको राजनीतिमा हस्तक्षेप गर्न रोक्ने बताइएको छ । दुई दिनअघि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेसँगै मस्कोले जवाफमा अमेरिकी कुटनीतिक अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

आफूले रुससँग पुनः द्वन्द्व गर्न नचाहेपनि बाध्यकारी कदम चाल्नुपरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए ।
गत निर्वाचनमा पनि ट्रम्पको गलत अभिव्यक्तिप्रति साथ दिएको भन्दै रुसको कडा आलोचना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ