एजेन्सी चैत्र ३१ । रुससँग संभावित युद्धको खतरा बढे पछि युक्रेनका राष्ट्रपति सेनाको हौसला बढाउन बर्दी लगाएर सीमामा पुगेका छन् ।
रुसी टेलिभिजन च्यानलले युद्धको धम्की दिदै युक्रेन युद्धबाट एक कदम मात्रै दुर रहेको प्रतिकृया दिए पछि राष्ट्रपति जेलेन्सकी सीमामा पुगेर सेनाको हौसला बढाएका हुन् ।
हालैका दिनमा रुसले युक्रेनसँग तनाव बढे पछि रुसले ठूलो संख्यामा सेना र हतियार तैनाथ गरेको छ ।
सन् २०१४ मा क्रिमियालाई रुसमा विलय गराए पछि युक्रेन रुससँग क्रुद्ध हुँदै आएको छ । यस्तै डोनबासमा पनि रुस समर्थक विद्रोहीले संघर्ष गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline