एजेन्सी । बेलायती राजकुमार फिलिपको निधन भएको छ । फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । फिलिप बेलायती महारानी एलिजाबेथ द्धितीयका पति हुनुहुन्थ्यो ।
महारानीले नै राजकुमार फिलिपको दुःखद निधन भएको बताएको बकिङघम प्यालेसलाई उधृत गर्दै बीबीसीले जनाएको छ । उहाँको बिहान वन्डिसोर क्यास्टलमा निधन भएको हो । लामो समयदेखि मुटुको समस्याबाट पीडित फिलिप गत फेब्रुअरीको मध्यतिर अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँको निधनप्रति प्रधानमन्त्री बोरिस जोन्सनले फिलिप युवाहरुका उत्प्रेरक भएको प्रतिक्रिया दिनुभएको छ । राजकुमार फिलिप र राजकुमारी एलिजावेथबीच सन् १९४७ मा बिहे भएको थियो । त्यसको पाँच वर्षपछि सन् १९५२ मा राजकुमारी एलिजाबेथ महारानी बन्नु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline