रुसी राष्ट्रपति पुटिन २०३६ सम्म राष्ट्रपति रहने

रुसी राष्ट्रपति पुटिन २०३६ सम्म राष्ट्रपति रहने

  • मङ्लबार, चैत्र २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चैत्र २४ एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म सत्तामा रहने भएका छन् । पुटिनले सोमबार एउटा विधेयकमा हस्ताक्षर गरेपछि थप दुई कार्यकाल राष्ट्रपति बन्ने भएका छन् ।

पहिलेको संविधानअनुसार ६८ वर्षीय पुटिनले दोस्रो कार्यकाल सकिएसँगै सन् २०२४ मा सत्ताबाट बाहिरिनुपर्ने थियो । तर गत वर्ष जनमतसंग्रहमार्फत संशोधन गरिएको संवैधानिक व्यवस्थाले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्ने बाटो दिएको हो । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो ।
नयाँ कानुनमा राष्ट्रपतिको कार्यकाल पनि ४ वर्षबाट बढाएर ६ वर्ष बनाइएको छ । गत मार्चमा रुसको संसद्ले उक्त संशोधन पास गरेको थियो । पुटिन पहिलो पटक सन् २००० मा रुसको राष्ट्रपति बनेका थिए ।

चार–चार वर्षको दुई कार्यकाल बिताएपछि पुटिनले आफ्ना सहयोगी दिमित्री मेडभेडेवलाई राष्ट्रपति बनाउँदै २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए । सन् २०१२ मा उनी पुनस् राष्ट्रपतिका रुपमा रुसमा सत्तासिन भए भने २०१८ को चुनावमा जित पनि हात पारे । तर चुनावमा धाँधली भएको र विपक्षीको आवाज दबाउने काम गरेको आरोप भने पुटिनमाथि निरन्तर लाग्दै आएको छ ।

यदि पुटिन थप दुई कार्यकालका निर्वाचित भए रुसको सबैभन्दा बढी लामो समय शासन गर्ने नेता बन्नेछन् । यसअघि जोसेफ स्टालिनले २९ वर्ष रुसमा शासन गरेका थिए । सन् २००० मा तत्कालीन राष्ट्रपति बोरिस यल्त्सिनले राजीनामा दिएपछि पुटिन रुसका शक्तिशाली नेताका रुपमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ