मलेशियाबाट आईपुग्यो १२ नेपालीको शब, विमानस्थलमा पुगेर श्रदाञ्जली दिए बाबुराम भट्टराईले

मलेशियाबाट आईपुग्यो १२ नेपालीको शब, विमानस्थलमा पुगेर श्रदाञ्जली दिए बाबुराम भट्टराईले

  • सोमवार, चैत्र २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

चैत्र २३ काठमाडौँ । देशमा रोजगारी र आर्थिक अभावका कारण बैदेशिक रोजगारीका लागि मलेशिया पुगेका १२ जना नेपाली युवाको शब एकै पटक काठमाण्डौ ल्याईएको छ । वाइडबडी विमानको अभावले मलेसियामा रोकिएका १२ जना नेपाली श्रमिकका शव आइतबार स्वदेश ल्याइएको हो । मलेशियामा रोजगारीका क्रममा विभिन्न कारणले ती युवाहरको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइपुगेको हो ।
यसैगरी भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बागलुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्ज्वल भुजेलको शव आइपुगेको छ ।

स्वदेश आइपुगेका श्रमिकको शवलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

‘कस्तो दुःखद अवस्था । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकै दिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखा सिरानचोक ५ का सूर्य विक (२८ वर्ष) र गोरखा नपा १२ का मेघबहादुर कुँवर (२७ वर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी