अमेरीका र दक्षिण कोरीयाले सैन्य अभ्यास गरे पछि उत्तरकोरीयाद्धारा क्षेप्यास्त्र परीक्षण

अमेरीका र दक्षिण कोरीयाले सैन्य अभ्यास गरे पछि उत्तरकोरीयाद्धारा क्षेप्यास्त्र परीक्षण

  • बुधबार, चैत्र ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

एजेन्सी चैत्र ११ । उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले नेता किम जोङ उन र उनकी बहिनीले दक्षिण कोरियाकोसमेत संलग्नतामा सयुक्त सैन्य अभ्यास गरेकोप्रति अमेरिकाको आलोचना गरेलगत्तै उक्त क्षेप्यास्त्र परीक्षण गरिएको सीएनएनले जनाएको छ ।

उत्तर कोरियाले गरेको क्षेप्यास्त परीक्षणको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका हुन् । राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि उत्तर कोरियाले क्षेप्यास्त परीक्षण गरेको यो पहिलो पटक हो । राष्ट्रपति बाइडेनले उत्तर कोरियासँग सम्बन्ध सुधारका लागि वार्ता गर्ने बताइरहेका बेला पुनः क्षेप्यास्त परीक्षण भएको हो ।

अमेरिकी विदेशसचिव एन्टोनी ब्लाइन्केनले गत हप्ता उत्तर कोरियालाई आफ्ना आणविक कार्यक्रम स्थगन गर्नका लागि दवाव दिन चीनसँग छलफल गरेको समाचार सार्वजनिक भएको थियो । तर चिनियाँ अधिकारीहरुले उत्तरको क्षेप्यास्त्र परीक्षणलाई कम गर्न आणविक कार्यक्रम अनुसार नै संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेश नभएको बताएका छन् ।

पछिल्ला वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नेता किमले तीन पटक वार्ता गरेपनि समम्बन्ध सुधार हुन सकेको थिएन । त्यसलगत्तै अमेरिकासँग पछिल्लो एक वर्ष उत्तर कोरियाको कुनै संवाद नभएको बताइएको छ । दुवै देशका अधिकारीहरुबीच पछिल्लो पटक सन् २०१९ को अक्टोबरमा स्वीडेनमा भेटवार्ता भएको थियो । यता बाइडेन प्रशासनले किमसँगको वार्तामा संलग्न अधिकारीहरुसँग पनि छलफल गरिरहेको बताइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ