नाईजरमा नरसंहारः हतियारधारीले एकै दिन १३७ जनाको ज्यान लिए

नाईजरमा नरसंहारः हतियारधारीले एकै दिन १३७ जनाको ज्यान लिए

  • मङ्लबार, चैत्र १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी चैत्र १० । दक्षिण पश्चिमी नाइजरका केही गाउँमा हतियाधारी समूहको आक्रमणमा परेर १३७ जनाको मृत्यु भएको छ ।

बन्दुकधारीहरुले नाइजर र मालीको सीमा नजिक रहेको इन्टजायेन, बकोराट र बिस्ताने गाउँमा आक्रमण गरेर १ सय ३७ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसअघि त्यहाँका सरकारी अधिकारीहरुले ६० जनाको हत्या भएको बताएपनि सरकारले १३७ जनाको हत्या भएको पुष्टि गरेको हो ।

यता विद्रोही निशाना लगातार सर्वसाधारणमाथि परिरहेपनि त्यहाँको सरकारले समस्या समाधानमा चासो नदेखाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पछिल्ला दिनहरुमो नाइजरका विभिन्न गाउँमा हातियारधारी समूहको आक्रमण लगातार बढिरहेको भन्दै अन्तर्राष्ट्रिय निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।

सरकारका प्रवक्ता जकारिया अबदुर हमानेले सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि प्रयास जारी राखेको बताउनुभएको छ । माली र नाइजरमा जारी हिंसामा परेर हजारौं सर्वसाधारण बिस्थापित भइसकेका छन् । गत मार्च १५ मा आईएसआईएल सम्बद्ध लडाकूहरुले तिल्लारी क्षेत्रमा आक्रमण गर्दा ६६ जनाको निधन भएको थियो । नाइजर, माली र बुर्किनाफासोको सीमा क्षेत्रमा भएको अर्को आक्रमणमा ३३ जना मारिएका थिए । यस्तै जनवरी २ मा भएको आक्रमणमा टिल्लेबारीमा एक सय जनाको हत्या भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ