तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन

  • बिहिबार, चैत्र ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

५ चैत, एजेन्सी । अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन भएको छ ।

मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको हो ।

बिगत दुई सातादेखि सार्वजनिक स्थलमा देखा नपरेका राष्ट्रपति जोनको स्वास्थ्यमा जटिलता आएपछि अस्पताल भर्ना गरिएको हो ।

तान्जानियका विपक्षी दलका नेताहरुले उहाँलाई कोरोना संक्रमण भएको बताएतापनि यसको आधाकारिक पुष्टि भएको छैन ।

तान्जानियाका उपराष्ट्रपति सामिया सुलुह हसनले राष्ट्रपतिको निधन भएको पुष्टि गर्दै देशले एक प्रभावशाली र गणतन्त्र पक्षधर नेता गुमाएको जनाउनु भएको छ ।

राष्ट्रपतिको निधनप्रति तान्जानियामा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने देशको झण्डा १४ दिनसम्म आधा झुकाइने छ ।

राष्ट्रपति जोन मगुफुलीको निधनपछि अब तान्जानियामा नयाँ राष्ट्रपतिको जिम्मेवारी रुपमा उपराष्ट्रपति हसनले पाउनुहुने छ ।

जोन मगुफुलीले सन् २०१५ को अक्टोबरदेखि राष्ट्रपति पद सम्हाल्नु भएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ