४० वर्षदेखि अदालती प्रकया विनै भारतीय जेलमा रहेका तिम्सिनालाई रिहा गर्न आदेश

४० वर्षदेखि अदालती प्रकया विनै भारतीय जेलमा रहेका तिम्सिनालाई रिहा गर्न आदेश

  • बिहिबार, चैत्र ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

बिना अदालती प्रक्रिया ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई रिहा गर्न कलकत्ता उच्च अदालतले आदेश दिएको छ। उनी जेलमा रहेको बारे पछिल्लो समय मात्रै सञ्चार माध्यममा चर्चा हुन थालेको थियो ।
बुधबार उच्च अदालतले दुर्गाप्रसादलाई आफन्तको जिम्मा लगाउन आदेश दिएको हो।

तिम्सिनाको मानसिक अवस्था ९(१० वर्षको बच्चाको जस्तो भएकाले आफन्तको जिम्मा लगाउन र ६(६ महिनामा शारिरिक र मानसिक अवस्थाबारे जानकारी दिने गरी सम्झौता गर्न अदालतले भनेको छ ।

कलकत्ता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बि नायर राधाकृष्णन् र न्यायाधीश अनिरूद्ध रोयले बुधबार गरेको यो फैसलासँगै अब तिम्सिना नेपाल आउन सक्नेछन् ।

इलामको माई नगरपालिका( १० का उनी कामको सिलसिलामा दार्जेलिगं पुगेका बेला हत्या आरोपमा भारतीय प्रहरीले पक्राउ गरेर जेल पठाएको थियो । उनकी ८६ वर्षीय आमा धनमाया तिम्सिना छोराको पखाईमा लामो समयदेखि रहेकी छिन् ।
घरबाट कामको खोजीमा निस्केका दुर्गाप्रसाद दार्जिलिङको एउटा चिया बगानमा काम गर्न थालेको त्यही बेला चिया बगानमा एक जना कामदार मृत भेटिएको र दुर्गा प्रसाद डरले भागेका कारण हत्यारा उनै हो भनेर प्रहरीले जेल पठाएको पाईएको छ ।
शंकाको भरमा पक्राउ गरिका दुर्गा प्रसादलाई प्रहरीले अदालतमा नपठाई सिधै जेलमा पठाएर अहिलेको अवस्थामा पुर्याएको देखिएको छ । यो भारतीय सरकारी संयन्त्रको लापरबाहीका कारण एक नेपालीले दशकौ सम्म शारीरीक र मानसिक सास्ती भोगेर जेलमुक्त हुन लागेका हुन् ।
दुर्गा प्रसादको पक्षमा बोल्ने र बयाद दिने कोही पनि नभएका कारण उनी अहिले सम्म जेलमै जीवन व्यथित गर्न बाध्य भए । बुझिए अनुसार उनले त्यो हत्या गरेका थिएनन् भन्ने पुष्टी हुँदा पनि हाकिम फेरिएका कारणले र उनी निरन्तर जेलमा बस्न बाध्य भएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी