नाइजरमा ५८ जना सर्वसाधारणको सशस्त्र समूहद्धारा हत्या

नाइजरमा ५८ जना सर्वसाधारणको सशस्त्र समूहद्धारा हत्या

  • बुधबार, चैत्र ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

४ चैत्र, एजेन्सी । दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा बजारबाट फर्किदै गरेर ५८ जनाको मृत्यु भएको छ ।

साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सोमबार पनि सरकारी सेनासँग विद्रोहीहरुको माली र बुर्किन फासोको सीमा नजिकै दोहोरो भिडन्त भएको थियो । सो क्षेत्रमा अलकायदासँग नजिक रहेको विद्रोही समूहका गतिविधि सक्रिय रहेको अधिकारीहरुले जनाएका छन् ।

नाइजरका सरकारी प्रवक्ता अब्दुरेहम जाकारीयाले घटनाको पुष्टि गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए ।

आक्रमणकारीहरुले गत जनवरी २ मा टिल्लेबमरीका २ गाउँमा आक्रमण गरेर कम्तिमा एक सय जना सर्वसाधारणको हत्या गरेका थिए ।

बढ्दो हिंसा पश्चिमी अफ्रिकाको सोहेल क्षेत्रमा व्यापक सुरक्षा संकटका एक हिस्सा भएको आधिकारीहरुले जनाएका छन् ।

यसअघिका अधिकांश आक्रमणहरु नाइजर, माली र बुर्किन फासोको सीमा नजिकै रहेको बताइएको छ ।

सेनाले तिल्लेबारी क्षेत्रमा गरेको जवाफी कारवाहीमा सने २०१९को डिसेम्बरमा ७० र जनवरीमा ९० जना विद्रोही मारिएका थिए ।

सो सामूहिक हत्याले नाइजरका नयाँ राष्ट्रपति मोहम्मद बाजुमलाई चुनौती थपिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ