म्यानमारमा सेनाले फेरी मच्चायो रक्तपात, एकै दिन २१ प्रदर्शनकारीको मृत्यु

म्यानमारमा सेनाले फेरी मच्चायो रक्तपात, एकै दिन २१ प्रदर्शनकारीको मृत्यु

  • सोमवार, चैत्र २, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

कु गरेर सत्ता हातमा लिएको म्यानमारको सेनाले पुनः प्रदर्शनकारीमाथि रक्तपात मच्चाएको छ । आईतबार एकै दिन यांगुनमा मात्रै २१ जना सर्वसाधारणको मृत्यु भएको बिबिसीले जनाएको छ । अन्य दर्जनौ घाईते भएको र मृतकको संख्या अझै बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
कु को बिरुद्ध आन्दोलनरत नागरिकमाथि यस अघि पनि एकै दिन ३८ जनाको हत्या गरिएको थियो ।
आन्दोलनकारी दलका उपनेताको चरम यातनाका कारण हिरासतमै मृत्यु भएको थियो भने संयौ नागरिकलाई जेल हालिएको छ ।
यांगुनमा आईतबार सडकमा टायर र ब्यारीकेड थुपारेर बसेका प्रदर्शनकारीमाथि सेनाको ट्रक सामुन्ने आईपुगे पछि अन्धाधुन्ध फायरीगं गरिएको थियो ।
यांगुनमा रहेको चीनीया उद्योगहरुमाथि प्रदर्शनकारीले आक्रमण गर्नुका साथै लुटपाट मच्चाएको, संरचनामा क्षति पुर्याएको, कर्मचारी घाईते बनाएको रिपोर्ट पछि पुगेको सेनाले गोली बर्षाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ