एजेन्सी फागुण २७ । भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि आक्रमण भएको छ । केही व्यक्तिको समुहले उनलाई धक्का दिएको र उनको टांगमा र खुट्टामा गंभीर चोट लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गाडीबाट उत्रिन लागेका बेला कारको ढोकाले धक्का दिएको र उनको खुटटा कारको ढोकामा चेपिला बेनर्जी घाईते भएको उनले बताएकी छन् । उनको टाउको दुख्ने र सास फेर्न गाहो हुने समस्या पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।
सो समयमा उनीसँग सुरक्षाकर्मी नभएको उनले बताएकी छन् । नन्दीग्राममा उनको नेमप्लेट राखेर फर्किने क्रममा उनीमाथि हमला भएको थियो ।
उनलाई कलकत्ताको एक अस्पतालमा भर्ती गरेर उपचार भईरहेको छ ।
यो हमलापछि बनर्जीको कार्यक्रम स्थगित भएको छ । बनर्जीले यसलाई षड्यन्त्र भन्दै आलोचना गरेकी छन् ।
यो आक्रमण बिपक्षीले गराएको हुन सक्ने आशंका गरिएको छ ।