कोरोनाबाट विदेशमा थप दुई नेपालीको निधन

कोरोनाबाट विदेशमा थप दुई नेपालीको निधन

  • आइतवार, फाल्गुन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २३ फागुन । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।

शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् ।

सङ्घ का अनुसार कोरोनाका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ , बेलायतमा ८६ र यूएइमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ ।

शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९८१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा तीन हजार १० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६०८ भने दुई लाख ७० हजार ७७७ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाटमुक्त भएका छन् ।

ज्येष्ठ नागरिकले खोप नलगाउने वा सतर्कता अपनाउने नेपालमा हालसम्म प्रति एक हजारमा १४ जनाले खोप प्राप्त गरेका छन् । विश्वमा भने यो दर प्रति एक हजारमा ३७ जनाले खोप प्राप्त गरिरहेका छन् । कोरोना विरुद्धको खोप उच्च रक्तचाप, मधुमेह, थाइराइडलगायतका समस्या भएका व्यक्तिलाई सुरक्षित मानिएको छ । विभिन्न रोगको औषधि खाने व्यक्तिलाई पनि यो खोप सुरक्षित मानिएको छ ।

खोप आफ्नै लागि लगाउने हो त्यसैले पनि मनमा कुनै द्विविधा नराखीकनै खोप लगाउनुहुन अनुरोध गर्न स्वास्थ्य समितिले आग्रह गरेको छ । यस बाहेक ज्येष्ठ नागरिकले विभिन्न अवस्थामा खोप लगाउनु हुँदैन वा विशेष सतर्कता अपनाउनु जरुरी छ ।

जस्तै, कुनै खोप, औषधि, खाना आदिको एलर्जी भएका व्यक्ति, स्टेरोइड वर्गका हाइ डोज औषधि सेवन गरेका व्यक्ति, हृदयाघात भएर वा मुटुको समस्या भएर रगत पातलो बनाउने मल्टिपल औषधि सेवन गरेका व्यक्तिलाई खोप लगाउन सिफारिस गरिदैँन वा लगाउनका लागि स्वास्थ्य विज्ञको परामर्श आवश्यक पर्छ । मस्तिष्कको रोग भएका वा स्नायू सम्बन्धी स्वास्थ्य समस्या भएका, सिकल सेल एनेमिया, प्लेटलेट्सको कमी, रक्तश्राव भइरहने वा रगत जम्ने प्रक्रियामा खराबी भएका तथा एकपटक गम्भीर कोभिड– १९ लागेर थला परेका व्यक्तिलाई पनि खोप लगाउँदा सावधानी अपनाउनुपर्छ ।

तीन महिनायता शल्यक्रिया गरेका व्यक्ति, सिकिस्त बिरामी, ८० वर्षभन्दा माथिका अशक्त दीर्घरोगी, गम्भीर मानसिक स्वास्थ्य समस्या भएका तथा दुई महिनायता हेपाटाइटिस बी लगायतका खोप लगाएका व्यक्तिलाई पनि खोप लगाउनुअघि आफ्नो रेगुलर स्वास्थ्य विज्ञसँग सल्लाह गर्न सिफारिस गरिन्छ । हाल रुघाखोकी, ज्वरो, सास फेर्न गाह्रो भएका र कोरोना निको भएको २८ दिन नपुगेका व्यक्तिले खोप लगाउनु उचित मानिदैँन ।

क्यान्सरको उपचार गराइरहेका बिरामी, एचआइभी सङ्क्रमित, कडा खालका औषधि सेवन गरिरहेका, मिर्गाैला तथा बोन म्यारो प्रत्यारोपण गरेका,
गम्भीर दम भएका, डाउन सिन्ड्रोम भएका र थाल्सेमिया वा बाथ भएका व्यक्तिलाई पनि खोप नलगाउन तथा लगाउनु परे स्वास्थ्य विज्ञसँग परामर्श गरेर मात्रै खोप लगाउन अनुरोध गरिएको छ । खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्नुपर्छ । झोलिलो खाने, ज्वरो आए वा शरीर दुःखे पारासिटामोल खाने तथा केही गाह्रो भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी