फागुण २० एजेन्सी । म्यान्मारमा फेब्रुअरी १ मा भएको सैन्य कु को बिरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जनतामाथि सुरक्षाफौजले गोली बर्षाउदा बुधबार एकै दिन ३८ जनाको मृत्यु भएको सँयुक्त राष्ट्रसंघले जनाएको छ । यो अहिले सम्मकै त्याहाँ ठूलो रक्तपातपूर्ण दिन भएको बताईएको छ ।
ठूलो संख्यामा सडकमा निस्किएका प्रदर्शनकारीमाथि सेना र प्रहरीले गोली हानेको थियो ।
सैन्य कु भए यता त्याहाँ अहिले सम्म ५० जनाको मृत्यु भएको र अन्य थुप्रै घाईते भएको राष्ट्रसंघको भनाई छ ।
२० वर्ष लामो नजरबन्द पछि केही वर्ष अघि छुटेकी प्रजातन्त्रवादी नेतृ आगं सान सुचीलाई पुनः पक्राउ गर्दै सेनाले सत्ता कब्जा गरेको थियो ।
अन्तराष्ट्रिय समुदायको आलोचनाका बीच पनि सैन्य कु त्याहाँ हटेको छैन ।
अमेरीकाले आफ्नै जनता बिरुद्ध अत्याचारपूर्ण ढंगले दमन गरिएको भन्दै अमेरीकाले म्यानमारको सैन्य सत्तालाई कडा चेतावनी दिएको छ ।