म्यानमारको सेना दमनमा उत्रियोः एकै दिन गोली लागेर आधा दर्जन बढीको मृत्यु

म्यानमारको सेना दमनमा उत्रियोः एकै दिन गोली लागेर आधा दर्जन बढीको मृत्यु

  • आइतवार, फाल्गुन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

फागुण १६ एजेन्सी । म्यानमारमा सेनाले कु गरे पछि निरन्तर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि व्यापक दमन शुरु गरेको छ ।
आज भएको बिशाल प्रदर्शनमा सेना सहित सुरक्षाफौजले गोली चलाउदा कम्तीमा सात जनाको मृत्यु भएको बताईएको छ ।
सुरक्षा बलले सिधै प्रदर्शनकारीमाथि गोली चलाएको बिबिसीले जनाएको छ । यसै गरी अश्रुग्यास, पानीको फोहरा, रबरको गोली पनि व्यापक मात्रामा प्रहार भएको समाचारमा उल्लेख छ ।
प्रदर्शन दबाउन सेना नै मैदानमा उत्रिए पछि तनावग्रस्त बनेको थियो । सेनाको गोलीबाट अन्य दर्जनौ नागरिक घाईते भएका छन् ।
नेतृ आङ सान सू चीलाई रिहा गर्न र सत्ता फिर्ता गर्न माग गर्दै सेनाविरुद्ध हरेक दिन प्रदर्शन हुँदैआएको छ । म्यानमारको ठूला सहर रंगुन सहित विभिन्न सहरमा हरेक दिन विशाल जनप्रदर्शन भएका छन् । जनताको शान्तिपूर्ण प्रदर्शन दबाउन सेना अचानक आक्रामक बन्न थालेको छ ।
पहिल्यै २० वर्ष नजरबन्दमा बसेकी सुचीलाई सेनाले पुनः नजरबन्दमा राखेपछि संसारभरबाट त्यसको आलोचना हुँदै आएको छ ।
अन्तराष्ट्रिय समुदायको दबाबका बीच पनि म्यानमारमा सेनाले गरेको कु फिर्ता भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ