एजेन्सी फागुण १३ । चीनले आज औपचारीक रुपमा देश गरीबीमुक्त भएको घोषणा गरेको छ । सन् २०२० मा कोरोना महामारीकै बेला चीनले सबै जनतालाई गरीबीमुक्त गरेको थियो ।
यो सफलतालाई चीनीया विज्ञहरुले मानव ईतिहासको जादु भनेका छन् । यो अभियानमा खटिएकाहरुलाई आज चीनीया राष्ट्रपति सि जिन पिङले राष्ट्रिय सम्मान व्यक्त गरेका छन् । चीनीया कम्युनिष्ट पार्टीको नेतृत्वमा विश्वको सबै भन्दा ठूलो जनसख्या भएको मुलुक चीनमा पूर्ण रुपमा गरीबी उन्मुलन हुनु भनेको विश्वव्यापी रुपमा गरीबको संख्या घट्नु पनि हो ।
चीनीया कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि जिन पिङको नेतृत्वमा चीनले यो ठूलो सफलता पाएको हो ।
यो गरीबी उन्मुलनका लागि समाजवादी प्रणाली मुख्य भएको बताईएको छ । चीनको कुल जनसंख्या एक अर्ब ४० करोड भन्दा बढीरहेको छ ।
चीनले तीव्र आर्थिक विकास गरेसँगै यो उदाहरणीय सफलता हात पार्न सफल भएको हो ।