लद्धाखमा भारतीय सेनासगँको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनद्धारा स्वीकार

लद्धाखमा भारतीय सेनासगँको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनद्धारा स्वीकार

  • शुक्रबार, फाल्गुन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी फागुण ७ । जुन १५, २०२० मा भारतीय सेनासगँको झडपमा आफ्ना ५ जना सेना मारिएको चीनले औपचारीक रुपमा स्वीकार गरेको छ । सो हिंशामा परी २० भारतीय सैनिक मारिएका थिए । भारतले ठूलो संख्यामा चीनीया सेना मारिएको दाबी गर्दै आए पनि चीन बोलेको थिएन ।
अहिले दुबै देश नियन्त्रण रेखाबाट पछि हट्न थाले पछि चीनले स्वीकार गरेको हो ।
चीनीया सेनाको पोर्टलमा प्रकाशित रिपोर्ट अनुसार चीनीया सेनाले बहादुरीका साथ ढुंगा, रड र किला प्रहार गरेर आफ्नो देशको सार्वभौम सत्ताको रक्षा गरेको उल्लेख छ ।
चीनीया सेनाले वार्ता गर्न भन्दै आएको भारतीय सेना ठूलो संख्यामा रहेको भए पनि बहादुरीसाथ प्रतिरोध गरेर उनीहरुलाई आफ्नो सीमानाबाट पछि हटाएको उल्लेख छ ।
केही जवानहरुले लडदा लड्दै पनि प्रमाणका लागि भिडियो र तस्वीर खिचेको समाचारमा उल्लेख छ ।
सो हिशात्मक झडप पछि युद्धउन्मुख स्थितिमा पुगेका दुबै देश अहिले आ आफ्नो सेना पछि हटाउन सहमत भएका छन् । चीन र भारतबीच करीब ४ हजार किलो मिटर लामो सीमा क्षेत्रमा लामो समयदेखि तनाव छ ।
सन् १९६२ मा दुबै देशले युद्ध गरेका थिए । जुन युद्धमा भारतले ठूलो क्षति ब्यहोरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ