पृथ्वीमा विभिन्न किसिमको संकट आउदै गर्दा वैज्ञानिकहरु मानव जीवनलाई सुरक्षित गर्न चन्द्रमा र मंगलग्रहको अनुसन्धानमा लगातार जुटिरहेका छन् । पछिल्लो समय गएराति अमेरीकी अन्तरीक्ष एजेन्सी नासाले पठाएको यान सफलतापुर्वक मंगलग्रहमा अवतरण गरेको छ ।
यस रोवरले मंगलग्रहमा प्राचीन जीवनबारे अनुसन्धान गर्ने छ भने त्याहाँको ढुंगा र माटो समेत लिएर फर्कनेछ । मार्स पर्सिवरेन्स रोवर नामक यान मंगलग्रहको अत्यन्त दुर्गम क्षेत्र जेजेरो क्रेटरमा ल्याण्ड भएको नाशाले जनाएको छ ।
यस ईलाकामा गहिरो घाँटीहरु,चुच्चे पहाड,पत्थरको समुन्द्र देखिन्छ ।
अवतरणमा सात निनेट लगाएको रोबरले ११ मिनेट २२ सेकेण्डमा त्याहाँको जानकारीहरु पठाईरहेको बताईएको छ । पहिलो तस्वीर प्राप्त भईसकेको नासाले जनाएको छ । मंगलगह पृथ्वीबाट ४७ करोड किलोमिटर टाढा रहेको छ । मंगलगहमा हाल सम्म सबै भन्दा धेरै यान अमेरीकाले पठाएको छ ।