भारतमा यात्रुबाहक बस नदीमा खस्दा ४२ जनाको मृत्यु

भारतमा यात्रुबाहक बस नदीमा खस्दा ४२ जनाको मृत्यु

  • मङ्लबार, फाल्गुन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

फागुण ४ एजेन्सी । भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना हुँदा ४२ जनाको शव भेटिएको छ । बस सिधी भन्ने ठाउँको बाणसागर नदीमा खसेको हो ।

मृतकमध्ये १२ जना विद्यार्थी थिए । उनीहरु सबै रेल्वेको परीक्षा दिन सतना जाँदै थिए । बसका यात्रुमध्ये ६ जनाको जीवितै उद्दार गरिएको छ । बसका चालक पौडिएर बाच्न सफल भएका छन् । उनलाई हिरासतमा राखिएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या ४५ भन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । बसमा सवार ६ जना अझै बेपत्ता छन् । उनीहरुलाई नदीको बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सिधीबाट सतना गइरहेको बस बिहान ७ः३० बजे नदीमा खसेको स्थानीयलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । नदीको गहिराइ २२ फिटसम्मको भएको समाचारमा उल्लेख गरिएको छ । गोताखोर मद्दतले बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ