युवतीलाई कुवेत लगेर काममा लगाईदिने भन्दै श्रीलंका लगेर अलपत्र पारी भागेका सुवेदी पक्राउ

युवतीलाई कुवेत लगेर काममा लगाईदिने भन्दै श्रीलंका लगेर अलपत्र पारी भागेका सुवेदी पक्राउ

  • मङ्लबार, फाल्गुन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट नयाँपुलबाट सोमबार पक्राउ परेका हुन् ।

अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडौँबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्ली पुर्याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलङ्का पुर्याएपछि एक महिला अलपत्र परेकी थिइन् । श्रीलङ्का पुर्याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलङ्काली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो ।

ती महिला श्रीलङ्काको जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फर्काइएको ब्यूरोले जनाएको छ । महिलालाई गएको माघ ३० गते नेपाल फर्काइएको थियो । ती महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारवाही अगाडि बढाएको ब्यूरोले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी