कास्मीरलाई आफ्नो भाग्यको फैसला गर्ने अधिकार दिने बिषयमा भएको निर्णय सँयुक्त राष्ट्रसंघले कार्यन्वयन गर्नु पर्छः ईमरान खान

कास्मीरलाई आफ्नो भाग्यको फैसला गर्ने अधिकार दिने बिषयमा भएको निर्णय सँयुक्त राष्ट्रसंघले कार्यन्वयन गर्नु पर्छः ईमरान खान

  • शुक्रबार, माघ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

एजेन्सी माघ २३ । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले कास्मीरलाई स्वतन्त्र रहने या नरहने भन्ने बिषयमा जनमत संग्रह मार्फत आफनो भाग्यको फैसला आफै गर्न दिने प्रतिवद्धता पुरा नगरेको बताएका छन् ।
सन १९४८ मा राष्ट्रसंघले कास्मीरमा जनमत संग्रह गराउने निर्णय गरेको थियो ।
आज कास्मीर एकता दिवसका अवसरमा आजाद कास्मीरमा आयोजित र्याली पछिको सभालाई संवोधन गर्दै प्रधानमन्त्री खानले कास्मीरी जनतालाई पाकिस्तानको हिस्सा बन्ने या स्वतन्त्र भएर बस्ने अधिकार दिईने बताए ।
उनले भारतले कास्मीरी जनतालाई गुलाम बनाउन ९ लाख बढी फौज राखेको भन्दै दुनियामा काँही पनि सेनाले जनतामाथि बिजय हासिल गर्न नसकेको बताए ।
उनले कास्मीरको पक्षमा सिंगो विश्वभरका मुसलमान एक रहेको पनि बताए ।
विश्व समुदायले ईन्डोनेशियाको पुर्वी टिमोरलाई किश्चियन बाहुल्य भएका कारण जनमत संग्रह गराएको तर कास्मीरमा किन यो प्रतिवद्धता पूरा नगरेको भनी प्रश्न गरे ।
उनले आफूले सबै फोरमहरुमा कास्मीरको आवाज निरन्तर उठाउने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ