ईरानी कुटनीतिज्ञलाई बम विष्फोट गराएको आरोपमा २० वर्षको जेल सजाय

ईरानी कुटनीतिज्ञलाई बम विष्फोट गराएको आरोपमा २० वर्षको जेल सजाय

  • शुक्रबार, माघ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

माघ २३ एजेन्सी । बेल्जियमको एक अदालतले फ्रान्समा सन् २०१८ मा हजारौँ निर्वासित इरानीहरूको एउटा ¥यालीमा बम विस्फोट गराउने षड्यन्त्र गरेको अभियोगमा इरानी कूटनीतिज्ञलाई २० वर्षको जेल सजाय हुने फैसला सुनाएको छ ।

भिएनामा रहेका बेला कूटनीतिज्ञ असादोल्लाह असादीले इरानी सत्तालाई सघाएको अदालतले ठहर गरेको छ । प्रहरीका अनुसार बेल्जियमको एक दम्पतीलाई असादीले विस्फोटक पदार्थ भएको एउटा प्याकेट दिएका थिए ।

तर विस्फोटको योजना विफल तुल्याइएको थियो । उनलाई सन् २०१८ को जूलाईमा पक्राउ गरिएको थियो ।

कुनैपनि इरानी अधिकारीमाथि सन् १९७९ को क्रान्ति पछि युरोपेली संघमा यस्तो प्रकारको आरोप लगाइएको यो पहिलो घटना हो ।

असादीबाहेक अन्य तीनजनालाई पनि बम बिस्फोट गर्ने योजनामा दोषी ठहर गरिएको छ । उनीहरुलाई जर्मनी, फ्रान्स र बेल्जियमको प्रहरीले संयुक्त अपरेशनको क्रममा पक्राउ गरेका थिए ।

फ्रान्सले इरानको गुप्तचर विभागमाथि योजना बनाएर हमला गरेको आरोप लगाएको छ भने इरानले आरोप षड्यन्त्र भन्दै अस्विकार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ