गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

  • सोमवार, माघ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागले आइतबार सूचना प्रकाशन गर्दै नेपाली मूलका विदेशी ९राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको० वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली, कूटनीतिक तथा औपचारिक राहदानवाहक, युएनका कर्मचारी, नेपालमा रहेका अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशी कर्मचारीलाई विनाशर्त अनअराइभल भिसा खुला गरिएको जनाएको हो ।

विभागले नेपालको भिसा भएका विदेशी नागरिकलाई आगमन अनुमति भने दिइने जनाएको छ भने नेपालको भिसा नभएका विदेशीले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएरमात्र नेपाल आउन पाउनेछन् ।

विदेशी नागरिकलाई पूर्वस्वीकृति विना स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइएको छैन । सबै विदेशीले यात्रा शुरु गर्नुभन्दा बढीमा ७२ घण्टाको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट र दश दिनको क्वारेन्टिन अनिवार्य रहेको छ । यसअघि सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएकालाई मात्र अनअराइभल भिसा दिने गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी