म्यानमारमा ‘सैन्य कू’, आङ सान सु कीसहित राष्ट्रपति मिन्ट र अन्य नेताहरु पक्राउ

म्यानमारमा ‘सैन्य कू’, आङ सान सु कीसहित राष्ट्रपति मिन्ट र अन्य नेताहरु पक्राउ

  • सोमवार, माघ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

माघ १९, एजेन्सी । म्यानमारको सेनाले नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी)की सर्वोच्च नेता आङ सान सू कीलाई हिरासतमा लिएको छ ।म्यानमारमा सरकार र सेनाबीच केहिसमय अघिदेखि तनाव रहेको थियो ।म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेको थियो भने सूकीको पक्राउलाई सैन्य कू को रुपमा हेरिएको छ ।
यसै अवस्थामा तनावकाबीच सु कीसहित राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई पनि सेनाले हिरासतमा लिएको सु कीको पार्टीले एक वक्तव्य जारी गरी जानकारी दिएको छ ।एनएलडीका प्रवक्ता  म्यो न्यूनले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार सु कीसहित राष्ट्रपति र अन्य नेताहरुलाई सेनाले हिरासतमा लिएको छ ।

न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै “लगिएको” बताएका छन्। “म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु,” उनले भने। उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए।

गत नोभेम्बर महिनामा भएको चुनावमा सु कीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएपनि सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । निर्वाचित सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबार बोलाइएकै बेला सूकीलाई पक्राउ गरिएको हो ।

सेनाले आज (सोमबार)का लागि निर्धारित संसद् बैठक स्थगित गर्न सरकारलाई आह्वान गरेको छ । राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको बीबीसीले जनाएको छ ।

त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ । म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।

सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन् । प्रजातन्त्रको पुनस्स्थापना र मानव अधिकारका लागि अहिंसात्मक तवरले लड्दै आएको भन्दै उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो ।

नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सूकीको पार्टी एनएलडीले ८३ प्रतिशत सिट जितेको थियो । सन् २०११ मा नागरिक प्रशासन लागू भएको भनिए पछिको यो दोस्रो चुनावलाई सुकीको परीक्षणका रुपमा पनि हेरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ