माघ १६ काठमाण्डौं । भारतको राजधानी दिल्लीमा रहेको ईजरायली दुतावास नजिक बम विष्फोट भएको छ । अब्दुल कलाम रोडमा रहेको दुतावासको डेढ सय मिटर नजिक बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै मानवीय क्षति नभए पनि केही सवारी साधनमाक्षति पुगेको छ ।
अहिले दुतावास र दिल्ली विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको जनाईएको छ । विष्फोटबारे कसैले पनि जिम्मेवारी लिएको छैन । भारत र ईजरायलबीच राजनीतिक सम्बन्ध स्थापना भएको २९ वर्षगाँठको अवसर चल्दै गर्दा यो विष्फोट भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline