एजेन्सी, १५ माघ। सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० करोड नाघेको छ ।
हालसम्म १० करोड नौ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित हुँदा सात करोड २९ लाखभन्दा धेरै संक्रमणबाट मुक्त भएका छन् ।
तर २१ लाख ६९ हजारभन्दा धेरैको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । सबैभन्दा बढी कोरोनाबाट अमेरीकामा मृत्यु भएको छ । हालसम्म चार लाख ३५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने दुई करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना संक्रमण भएको छ ।
कोरोनाबाट प्रभावित दोस्रो देशमा भारत छ । त्यहाँ अहिलेसम्म एक करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाका कारण भारतमा एक लाख ५३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस संक्रमण भएकोमा दुई लाख १८ हजारको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार १९ देशमा कोरोना संक्रमितको संख्या १० लाखभन्दा धेरै छ ।