चीनको सुनखानीम दुई हप्ता अघि फसेका १० कामदार मृत भेटिए, ११ जनाको जीवितै उद्धार

चीनको सुनखानीम दुई हप्ता अघि फसेका १० कामदार मृत भेटिए, ११ जनाको जीवितै उद्धार

  • मङ्लबार, माघ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

१३ माघ, एजेन्सी । चीनको सुनखानीमा दुई हप्ता अघि फसेका १० जना कामदार मृत भेटिएका छन् । शाङ्डोङ्ग प्रान्तको सुनखानीमा दुई हप्तासम्म फसेका अन्य ११ कामदारलाई भने जीवितै उद्धार गरिएको छ । अन्य १ जना अझै हराईरहेको बताईएको छ ।

सुनखानीमा फसेका ११ जनाखानी मजदुरलाई झण्डै दुई हप्तापछि जीवितै उद्धार गरिएको थियो । तर १० जनाको भने शव भेटिएको चिनियाँ टेलिभिजन सिसिटिभीले जनाएको छ ।

जीवितै उद्धार गरिएका एकजनाको गएको हप्ता उपचारको क्रममा निधन भएको थियो । सुरुङको प्रवेशद्वार भत्किँदा गएको जनवरी १० मा हुशान खानीमा मजदुर फसेका थिए । आइतबार ११ जनालाई जीवितै उद्धार गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ